Posts tagged ‘ब्यवसायीद्वारा खाद्यान्न मूल्यमा एकरुपता ल्याइने’

August 1, 2009

ब्यवसायीद्वारा खाद्यान्न मूल्यमा एकरुपता ल्याइने

नारायणगढ। बढ्दो महङ्गी र कालो बजारी नियन्त्रणका लागि नारायणगढका खाद्यान्न, खुद्रा र थोक ब्यवसायीहरुले खाद्यान्न वस्तुमा एकरुपता ल्याउने भएका छन्। सरकारले देशका विभिन्न सहरहरुमा बढ्दो महङ्गी र कालो बजारी नियन्त्रणका लागि अभियान सञ्चालन जारी राखेको बेला मुख्य ब्यापारिक केन्द्र नारायणगढका ब्यवसायीहरुले संयुक्त बैठक नै राखेर सकेसम्म मूल्य नियन्त्रण गर्ने सहमति गरेका हुन्।
किराना ब्यवसायी संघ नारायणगढको आयोजनामा सम्पन्न सो बैठकमा नारायणगढमा खाद्यान्नका थोक तथा खुद्रा ब्यवसायीहरुको सहभागिता रहेको थियो। बैठकले खाद्यान्नका ३५ वटा वस्तुको मूल्य निर्धारण गरेको
छ। निर्धारित मूल्यको आइतबार चितवनका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयबाट अनुमोदन गराएर सबै खाद्यान्नका पसलहरुमा मूल्यसूची राखिने संघका पूर्वअध्यक्ष उमाशंकर अग्रवालले बताउनुभयो।
उहाँका अनुसार मूल्य हप्ता दसदिनमा संयोजन गर्दै लगिनेछ । ब्यवसायीहरुको बैठकले खाद्यान्न बस्तुको सकेसम्म बजारमा अभाव हुन नदिने र मूल्यमा पनि एकरुपता ल्याउने सहमति भएको छ। हरेक पसलमा
ग्राहकले देख्ने स्थानमा मूल्यसूची
राखिने र प्रतिस्पर्धात्मकरुपमा मूल्य निर्धारण गरिएको पनि अग्रवालले बताउनुभयो।
…सकेसम्म बजारको मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रयास गरेका छौं’– अग्रवालले भन्नुभयो। मूल्य तय गरिएका खाद्यान्न बस्तुमा चामल, दाल, गेडागुडी, चिनी, तेललगायतका ३५ वटा वस्तु छन्। यी वस्तुको थोक र खुद्रा दुबै मूल्य ब्यवसायीहरुले तय गरेका हुन्। मूल्य निर्धाण गरिएका प्रमुख वस्तुहरुमध्ये प्रति किलो चिनीको ५२ रुपियाँ थोक र ५३ रुपियाँ खुद्रा, सेतो केराउको ३६ रुपियाँ थोक र ४०
रुपियाँ खुद्रा, चनामा ५५ रुपियाँ थोक र ६० रुपियाँ खुद्रा मूल्य निर्धारण भएको छ।
यस्तै प्रतिलिटर तोरीको तेलमा ९१ रुपियाँ थोक र ९६ रुपियाँ खुद्रा एवम् स्वयावीनको तेलमा ८१ रुपियाँ थोक र ८६ रुपियाँ खुद्रा मूल्य पनि तय भएको छ।
अन्तर्राष्ट्रिय बजारमा खाद्यान्न तथा दलहनका वस्तुहरुको मूल्यमा वृद्धि भएकाले नेपाली बजारमा पनि यसको मूल्यवृद्धि भएको सम्बद्ध ब्यवसायीहरुले जनाएका छन्। खाद्यान्नका बस्तुहरुमा नेपाल सरकारले आयतमा भन्सार छुट गरे पनि नेपाली बजारमा यसको मूल्यमा केही कमी आउने बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी रत्नराज पाण्डेयले आइतबार मात्र खाद्यान्न वस्तुको मूल्य निर्धारण हुने बताउनुभयो। व्यवसायीहरुसँगको छलफलपछि मूल्य निर्धारण गरिने र त्यसको अनुगमन गर्न जिल्लास्तरीय सञ्जाल निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो।
महङ्गी आकासिएर सर्वसाधारण उपभोक्ता मारमा परेका बेला स्वयम् ब्यवसायीहरुबाटै यसको नियन्त्रणमा लिइएको सक्रियतालाई सकारात्मक लिन सकिन्छ। यसले केही
हदसम्म बजारको बढ्दो महङ्गी नियन्त्रण पनि गर्ने विश्वास लिन सकिन्छ, तर यो उनीहरुले ब्यवहारिकरुपमा लागू गर्न सक्छन् कि सक्दैनन् भन्नेमै अहिले आम उपभोक्ताको चासो देखिन्छ।
स्मरण रहोस्, चितवन पोष्ट दैनिकले बिहीबारको अंकमा
…नारायणगमा कालो बजारी!, प्रशासनको ध्यान पुगेन’ शीर्षकको समाचार प्रकाशित गरेको थियो।

Follow

Get every new post delivered to your Inbox.