पञ्चनदीको शीरमा अवस्थित शान्ति कुञ्ज पार्क एक परिचय
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० जिरौना अन्तर्गत श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाको चोक देखि दक्षिणतर्फ करिब आधा किलोमिटरदक्षिण तर्फ गएपछि पञ्चनदीको शीरमा अवस्थित ?शान्तिकुञ्ज पार्क? मा पुगिन्छ। सोही स्थाननबाट पाँचवटा पानीको मुहान बनी पानी आउने भएको हुँदा पञ्चनदी नामाकरण भएको भन्ने पुरानो भनाइ छ। कुनै एक सिद्धपुरुषलाई स्वप्नमा ?सवैभन्दा माथिको पुहान अर्थात जेठी नदीलेएक मन्दिर निर्माण गरी मलाई र मेरी बहिनीलाई देवीको रुपमा मन्दिर बनाई स्थापित गर सबै प्राणीको रक्षा र कल्याण हुनेछ? भनेको हुँदा त्यसस्थानमा परापूर्वकालदेखि नै देवीको मन्दिर बन्दै आएको हो भन्ने जनविश्वास छ। पञ्चकन्या माई,पञ्चकन्यागाविस,पञ्चकन्यामावि,पञ्चकन्या टोल विकास समिति आदि नामाकरण हुँदै विभिन्न संघ संस्था र देवस्थलको निर्माण भएको छ। स्वच्छ पानी निरन्तर प्रभावित भई रहने श्रोत साच्चै नै प्राणी मात्रको लागि अमृत समान छ। यस पञ्चकन्या माईको स्थान समिप रहने एक ७५ वर्षिय शोभा घिमिरे आमाको भनाई अनुसार पानी नपरी खडेरी परे उक्त स्थानको पूल तलाउमा गएर पानीको जलधारा गर्नु पानी पर्छ भनेर वहाँको श्रीमानलाई स्वप्नमा देवीले भनेको हुदा खडेरी परे साही स्थानमा गएर जलधारा गर्ने परम्परा बसेको र सो कार्य गरेपछि पानी परेको र प्राणी र वनस्पतिको रक्षा भएको प्रमाणित प्रसंग छ। यस स्थानमा देवीको भनाई अनुसार पानी नपरे जलधारा गर्नु तर कहिल्यै पनि बली नचढाउनु भन्ने भनाई रहेकोले आजसम्म सो पञ्चनदीको स्थानमा बली दिने प्रचलन छैन। त्यसैले यस स्वच्छ पवित्र स्थानलाई ?शान्ति कुञ्ज? नामाकरण गरी शान्तिप्रतिको पवित्र भावनालाई जीवन्त राख्ने प्रयास गरिएको छ। यस पवित्र नदी क्षेत्रमा परापूर्व अवस्थादेखि नै विभिन्न प्रकारका चराहरु वास वस्न आउने गरेका र चराहरु अवलोकन गर्ने क्रममा शान्तिकुञ्ज पार्क निर्माणकर्ता प्रेम पौडेल चरा हेर्न जाँदा आज भन्दा ३५ वर्ष अगाडि सोही स्थानमा बस्दा आफू दिउँसै निदाएको र स्वप्नमा पाँचवटा कन्या आएर आफूलाई नाच्न वाध्य पारेको तर आफू नाच्न डराएर भाग्न खोज्दा पाटाई खाएको प्रसंग स्मरण गर्दै हाल सोही ठाँउलाई नाचगान गर्ने स्थल या मनोरञ्जन या शान्ति प्राप्ति गर्ने स्थान बनाउन इच्छा भए अनुसार विगत बाह्र तेह्र वर्षदेखि विभिन्न प्रकारका बोट विरुवा, फूल, लहराहरु रोप्दै र पानीको श्रोत संरक्षण गर्दै आएको कुरा पौडेल बताउनु हुन्छ। उक्त ऐतिहाँसिक पञ्चनदीको मुहानको शीरमा रेको करिब २ विगाहा गग्गामा वहाँकै परिश्रमबाट जमुना, क्यामुनो बडहर, अमिला, अमारो, मीम काठ, कपुर खमारी , साल, सिसौ, बकाईनो धुपीसल्ला, सिमल आदि विरुवा रोपेर जंगल जस्तै बनाउनु भएको छ भन्ने पार्क एरियामा साइकस, धुपी बेगमबेली, अशोक , गुलाव, क्यालेण्डला, अर्किड, एगेष्ट क्याक्टस, सयपत्री जस्ता फूल विरुवाहरु रंगीचंगी भएका छन्। भने सोही पवित्र मूल नदीको पानी जनेरेटरबाट तानेर संकलन गरी जलफोहरा निर्माण गरेका छन्। यस स्थानमा प्रकृतिले पनि अनुपम उपहार श्रृजना गरेको पाईन्छ। आरालो
परेको दक्षिण मोहडा, तल पानीका पोखरीमा टल्किएको सूर्यको किरणले सो स्थान झटृ हेर्दा नवबधुको घुम्टो खोलेझै भान हुन्छ। यहाँ नेपालमा पाईने चराहरु सीम, कुखुरा, पानीढुकुर बकुल्ला सिकारी चरा, बाज, पानीहाँस, सुगा,मैना मात्र होइन साइवेरिया देखि आउने विविभन्न चराचुरुङ्गीहरु आउने जाने र वास बस्ने गर्दछनु। अग्रभागमा खाजा घर अवस्थित छ भने ठाँउठाँउमा पिङ्ग, आराम गर्ने कुर्ची आदि रहेका छन्। बनभोज खान आउनेहरुको लागि पानी, बत्ती शौचालय घर आदी सुविधा छन् भने दृष्याबलोकनका लागि टावर निर्माण हुदैछ भने बुद्ध शाकाहारी रेष्टुरेण्ट भने बन्ने क्रममा छन्। यस पवित्र स्थानलाई संरक्षण सम्बर्द्धन गर्न सकेमा निर्माणकता प्रेम पौडेलजीलाई प्रोत्साहन गर्न सकेमा सो गाउँ रत्ननगरकै एउटा गहनाको रुपमा विकसित हुन सक्छ। पर्यावरण बचाउन र शान्ति कायम गर्न यस स्थान एक अंजुली पवित्र जल सबैमा सेचन गर्न सक्नेछ। हामीले सै चितवनवासी साथै अन्य छिमिकी जिल्ला वासीहरुले एकपटक हेरौ आफ्नै माटो आफ्नै जल कर्मभूमि चितवन रत्ननगरमा निर्मित
शान्तिकुञ्जलाई सुन्दर शान्ति बनाऔ।
Like this:
Be the first to like this page.
-
Leave a Reply