Archive for November, 2010

November 22, 2010

फोटोग्राफिमा एक्लै लम्किँदै लीला

भरतपुर । राम्रै चलेको फोटो स्टुडियो छाडेर डेढ वर्षअघि श्रीमान् कतार गए । त्यसपछि स्टुडियो उनी आफैले चलाउन सुरु गरिन् । कामको पूर्ण अनुभव थिएन । के होला कसो होला भन्ने धुकचुक भए पनि काम बिगारिनन् । अहिले अर्को स्टुडियोसमेत थपेकी छन् । रत्ननगर जयमंगलाकी लीला तामाङ चितवनमा फोटो स्टुडियो चलाउने एकमात्र महिला हुन् ।
रत्ननगरको जिरौनामा श्रीमान् अर्जुन तामाङले चार वर्षअघि वेलकम फोटो स्टुडियो खोलेका थिए । अर्जुनले गरेको काम हेर्दै उनले उ बेलामा पनि केही सिकेकी थिइन् ।
जब अर्जुन विदेश जाने पक्का भयो फोटो स्टुडियो नबेच्ने निधो भयो । थप कुराहरु अर्जुनले लीलालाई कापीमा लेखेर सिकाउन थाले । जसले गर्दा अर्जुन विदेश उडेपछि काम थाल्न उनलाई ढुक्क बनायो । पहिलाका ग्राहक घटेनन् । अनि उनलाई अर्को पसल खोल्ने बल आयो ।
लीलाले भनिन् ुजयमंगलामा अर्को स्टुडियो राखेको छु । एकवर्ष भयो नयाँ दोकान खोलेको ।ु लीलाले फोटो खिच्ने ब्लाक एण्ड ह्वाइट फोटो धुलाउने काम गर्छिन् । कलर ल्यावबाट सफा गर्नुपर्ने फोटो संकलन गरेर टाँडी पठाउँछिन् ।
स्टुडियोसँगै श्रृंगारका सामानहरु पनि बिक्री गर्छिन् । फोटोको काम नआए पनि अरु सामान बिक्री हुने गर्नाले दिक्क मार्नु पर्दैन । तर काम पनि आइरहेको हुन्छ । घटीमा १५ वटासम्म फोटोको काम गरेको अनुभव छ उनको ।
एक्लै आँटेर फोटो स्टुडियो चलाउने महिला चितवनमा उनीभन्दा अरु कोही नभएको चितवन फोटोग्राफि संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले बताए । गुरुङले भने ुयसरी स्टुडियो चलाउने महिला चितवनमा मैले पहिला पनि भेटेको थिइन । अहिले पनि उनी मात्रै हो देखेको ।ु
गुरुङका अनुसार नवलपरासीमा पनि एकजना महिलाले स्टुडियो चलाएकी छन् । वरिष्ठ फोटोविज्ञ माजुकुमार श्रेष्ठ नेपालमा स्टुडियो खोल्ने महिलाहरु १० जना पनि नभएको बताउँछन् । लीलाले फोटो स्टुडियो चलाउने आँट गरेर उदाहरण प्रस्तुत गरेको भन्दै चितवन फोटोग्राफिसंघले उनको सम्मान गर् यो । कात्तिक २९ गते सोमबार सम्पन्न संघको ३० औं वार्षिक साधरणसभामा उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

Follow

Get every new post delivered to your Inbox.