टेलिफोन बिग्रनेक्रम बढ्दो सेवाग्राही मर्कामा

भरतपुर । भरतपुरमा टेलिफोन बिग्रनेक्रम बढेको छ । वर्षात् भएको दिनमा तीन सयभन्दा बढी र सामान्य अवस्थामा पनि दुई सयभन्दा बढी टेलिफोन बिगि्रन थालेपछि दूरसाचार कार्यालयका प्राविधिकहरुलाई बनाउन भ्याइनभ्याइ नै भएको छ ।
यतिबेला कार्यालयमा टेलिफोन मर्मतको माग राखेर धाउनेको संख्या पनि बढेको छ । भरतपुरका सोमकान्त सुवेदी तीन दिनदेखि बिगि्रएको टेलिफोन बनाउन नसकिएको गुनासो गर्नुहुन्छ ।

दूरसाचार कार्यालय भरतपुरका मर्मत शाखाका सवइन्जिनियर गोविन्द पौडेल पनि टेलिफोन बिग्रनेक्रम बढेको स्वीकार गर्नुहुन्छ । ुसामान्य अवस्थामा सयदेखि डेढ सयसम्म टेलिफोन बिग्रने गर्दथे तर अहिले त्योभन्दा पनि बढी बिगि्ररहेको छु उहाँले भन्नुभयो ।
कार्यालयसँग अहिले एकै दिन सयवटासम्म बिगि्रएको टेलिफोन बनाउन सक्ने प्राविधिक टोली छ तर त्योभन्दा बढी टेलिफोन बिग्रन थालेपछि अहिले सेवाग्राहीले लामो समयदेखि टेलिफोनको अभावमा समस्या भोग्न बाध्य छन् ।
कार्यालयले बिगि्रएको टेलिफोन मर्मतमा पाँच समूह परिचालन गरेको छ । एउटा समूहले दिनमा २० देखि २५ वटासम्म टेलिफोन मर्मत गर्न सक्छ तर सोभन्दा बढी टेलिफोन मर्मत गर्नु पर्ने अवस्था आएपछि अहिले समस्या बढेको हो ।
संस्थानले टेलिफोन विस्तार गरेको समय लामो भएको र समयसमयमा हुनुपर्ने मर्मत सुधार नहँुदा समस्या आएको प्राविधिकहरु बताउँछन् । ुहामीले यो वर्षबाटै पुराना लाइनहरुको सुधारका लागि गृहकार्य गरिरहेका छौं यो कार्य सकिएपछि टेलिफोन बिग्रनेक्रममा कमी आउनेछु कार्यालयका प्रमुख योगेन्द्रनाथ श्रेष्ठले भन्नुभयो ।
दूरसाचार कार्यालय भरतपुरको मातहतमा अहिले झण्डै १२ हजार टेलिफोन लाइनको सेवा साचालनमा रहेको छ ।
ग्राहकको टेलिफोन लामो समयसम्म बिग्रनु भनेको ग्राहकमा समस्या पर्नु त हुँदै हो यसले स्वयम् कार्यालयको राजस्वमा पनि घाटा पर्ने हुँदा समयमा मर्मत गर्ने कार्यको थालनी हुन जरुरी छ ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.