भरतपुर । चितवनमा डेङ्गुका ७१ जना बिरामी फेला परेका छन् । उक्त रोगको आशङ्का गरिएका दुईसय ६५ जना बिरामीमा गरिएको परीक्षणपछि ती बिरामी फेला परेका जिल्ल्ाा जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार चितवनमा ज्वरोका बिरामीको सङ्ख्या नघटेको तथा दैनिकरुपमा पाँचसय जनाभन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा उपचारार्थ जाने गरेका छन् ।
यसअघि नै जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले चितवनमा एक महिनाभित्र उच्च ज्वरोका कारण १९ जना बिरामीको मृत्यु भइसकेको सार्वजनिक गरिसकेको छ ।
Advertisement