November 22, 2010

फोटोग्राफिमा एक्लै लम्किँदै लीला

भरतपुर । राम्रै चलेको फोटो स्टुडियो छाडेर डेढ वर्षअघि श्रीमान् कतार गए । त्यसपछि स्टुडियो उनी आफैले चलाउन सुरु गरिन् । कामको पूर्ण अनुभव थिएन । के होला कसो होला भन्ने धुकचुक भए पनि काम बिगारिनन् । अहिले अर्को स्टुडियोसमेत थपेकी छन् । रत्ननगर जयमंगलाकी लीला तामाङ चितवनमा फोटो स्टुडियो चलाउने एकमात्र महिला हुन् ।
रत्ननगरको जिरौनामा श्रीमान् अर्जुन तामाङले चार वर्षअघि वेलकम फोटो स्टुडियो खोलेका थिए । अर्जुनले गरेको काम हेर्दै उनले उ बेलामा पनि केही सिकेकी थिइन् ।
जब अर्जुन विदेश जाने पक्का भयो फोटो स्टुडियो नबेच्ने निधो भयो । थप कुराहरु अर्जुनले लीलालाई कापीमा लेखेर सिकाउन थाले । जसले गर्दा अर्जुन विदेश उडेपछि काम थाल्न उनलाई ढुक्क बनायो । पहिलाका ग्राहक घटेनन् । अनि उनलाई अर्को पसल खोल्ने बल आयो ।
लीलाले भनिन् ुजयमंगलामा अर्को स्टुडियो राखेको छु । एकवर्ष भयो नयाँ दोकान खोलेको ।ु लीलाले फोटो खिच्ने ब्लाक एण्ड ह्वाइट फोटो धुलाउने काम गर्छिन् । कलर ल्यावबाट सफा गर्नुपर्ने फोटो संकलन गरेर टाँडी पठाउँछिन् ।
स्टुडियोसँगै श्रृंगारका सामानहरु पनि बिक्री गर्छिन् । फोटोको काम नआए पनि अरु सामान बिक्री हुने गर्नाले दिक्क मार्नु पर्दैन । तर काम पनि आइरहेको हुन्छ । घटीमा १५ वटासम्म फोटोको काम गरेको अनुभव छ उनको ।
एक्लै आँटेर फोटो स्टुडियो चलाउने महिला चितवनमा उनीभन्दा अरु कोही नभएको चितवन फोटोग्राफि संघका संस्थापक अध्यक्ष देवेन्द्र गुरुङले बताए । गुरुङले भने ुयसरी स्टुडियो चलाउने महिला चितवनमा मैले पहिला पनि भेटेको थिइन । अहिले पनि उनी मात्रै हो देखेको ।ु
गुरुङका अनुसार नवलपरासीमा पनि एकजना महिलाले स्टुडियो चलाएकी छन् । वरिष्ठ फोटोविज्ञ माजुकुमार श्रेष्ठ नेपालमा स्टुडियो खोल्ने महिलाहरु १० जना पनि नभएको बताउँछन् । लीलाले फोटो स्टुडियो चलाउने आँट गरेर उदाहरण प्रस्तुत गरेको भन्दै चितवन फोटोग्राफिसंघले उनको सम्मान गर् यो । कात्तिक २९ गते सोमबार सम्पन्न संघको ३० औं वार्षिक साधरणसभामा उनलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरिएको थियो ।

October 4, 2010

टेलिफोन बिग्रनेक्रम बढ्दो सेवाग्राही मर्कामा

भरतपुर । भरतपुरमा टेलिफोन बिग्रनेक्रम बढेको छ । वर्षात् भएको दिनमा तीन सयभन्दा बढी र सामान्य अवस्थामा पनि दुई सयभन्दा बढी टेलिफोन बिगि्रन थालेपछि दूरसाचार कार्यालयका प्राविधिकहरुलाई बनाउन भ्याइनभ्याइ नै भएको छ ।
यतिबेला कार्यालयमा टेलिफोन मर्मतको माग राखेर धाउनेको संख्या पनि बढेको छ । भरतपुरका सोमकान्त सुवेदी तीन दिनदेखि बिगि्रएको टेलिफोन बनाउन नसकिएको गुनासो गर्नुहुन्छ ।
read more »

October 4, 2010

महङ्गो दसैं

यसपालिको दसैं-तिहार विगत वर्षहरुको तुलनामा महङ्गो सावित हुने भएको छ । वर्तमानमा देखिएको दैनिक उपभोग्य वस्तुहरुको बजार मूल्यलाई मूल्याङ्कन गर्दा यस्तो अनुमान गरिएको हो । जनताको क्रयशक्ति कमजोर र आम्दानीका अवसरहरु संकुचित हुँदैगएको अवस्थामा भएको यो मूल्यवृद्धिले सर्वसाधारणको आर्थिक क्षमतालाई चुनौती दिइरहेको छ । व्यापारीहरुले अवैज्ञानिक ढंगले विभिन्न उपभोग्य वस्तुहरुको मूल्य बढाएपछि बजार अनुगमन गर्ने निकाय सकि्रय हुनुपर्ने हो तर स्थिति त्यस्तो देखिएको छैन । स्थानीय प्रशासनको मातहतमा रहेको बजार अनुगमन समिति नाममा मात्र सीमित रहेको धेरै भइसक्यो । यो निकायको निष्क्रियताले पनि बजार मूल्य छाडा हुन मद्दत पुर् याएको पाइएको छ ।
उपभोक्ता अधिकार संरक्षण माच नामको एउटा संस्था पनि अस्तित्वमा छ त्यसले पनि जनअपेक्षाअनुरुप काम गर्न सकेको छैन । खबरदारी गर्दै उपभोक्तालाई सचेत बनाउने र स्थानीय प्रशासनलाई कालोबजारी र महङ्गी रोक्न घच्घच्याउने यो निकायको काम हो । यसले पनि आफ्नो कि्रयाशीलता देखाउन नसकेपछि आम उपभोक्ता आर्थिक शोषणमा पर्नुको अर्को कुनै विकल्प देखिएको
छैन । दसैं तिहारजस्तो राष्ट्रिय चाडपर्वमा झन् मूल्यमा छूट हुनुपर्ने हो तर स्थिति भने ठीक त्यसको विपरीत छ । उद्योग वाणिज्य संघजस्तो प्रतिनिधिमूलक संस्थाले पनि यस विषयमा चासो देखाउनु पर्ने उपभोक्ताहरुको माग छ ।
देशमा कामचलाउ सरकार कायम रहेको लामो समय बितेको छ । नयाँ सरकार गठन हुन नसकेको र स्थानीय सरकारी संयन्त्रहरु निष्क्रियप्रायः देखिएको कारण मूल्यवृद्धिले मौलाउने मौका पाएको हुन सक्छ । अझै पनि समय धेरै बितिसकेको छैन । सरोकारवाला निकायहरु सबै मिलेर मूल्यवृद्धि रोक्न पहल गरेमा केही हदसम्म बजार नियन्त्रण हुन सक्ने अपेक्षा गरिएको छ । मूल्यवृद्धि हुनुपर्ने स्पष्ट आधार र कारणहरु व्यापारीहरुले बताउन नसकेसम्म उपभोक्ताको विरोध सेलाउने छैन । तसर्थ उद्योग वाणिज्य संघले यस विषयमा समन्वयकर्ताको भूमिका निर्वाह गर्दै स्थितिलाई नियन्त्रणमा लिइहाल्नु उचित हुने छ ।

September 23, 2010

Petroleum Workers halt sales in Chitwan

The Chitwan chapter of the All Nepal Petroleum Workers Association (ANPWA) has halted the sale of petroleum products from all petrol pumps of Chitwan on Thursday.

The workers resorted to the protest citing that the agreement forged on December 2, 2009 with the Petroleum Dealers’ Association (PDA) has not been abided by, they informed.

Petroleum import from Amlekhgunj was also halted today, the ANPWA informed.

Further, the workers have padlocked the offices of the PDA.

The protest will continue until the petrol pumps provide appointment letters to their staffs, as per the agreement made in the past, ANPWA Chairman Sanad Shrestha said.

However, PDA Chairman Raj Kumar Shrestha claimed that most of the petrol pumps have already provided appointment letters to their staffs, and some are in course of the same.

The petrol pump operators have appealed to the workers to find an alternative for the protest.

The workers and the PDA office bearers must hold discussions in resolve the issue as soon as possible, Bhuwan Subedi, Manager at the Om Sai Petro Center, Ramnagar, informed.

Consumers have been inconvenienced due to the obstruction of the sale of petrol.

September 23, 2010

पुरक परीक्षामा ६७ प्रतिशत उत्तीर्ण

भक्तपुर,यस वर्षको एसएलसी पुरक परीक्षामा ६७ दशमल ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा १ लाख ३ हजार ७ सय ५२ सहभागी भएकोमा ६९ हजार ९ सय ३० विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार प्रथम श्रेणीमा १५ सय ५१, द्वितियमा ५१ हजार ६९ र तृतिय श्रेणीमा १७ हजार ३ सय १० उत्तीर्ण भएका छन् । यस वर्ष पनि ५ नम्वर ग्रेस दिइएको छ ।

गत साउन ३० देखि भदौ ६ गतेसम्म भएको एसएलसी पुरक परीक्षामा १ लाख ३ हजार ७ सय ५२ सहभागी थिए । दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीले पुरकमा सहभागी हुन पाउँछन् ।

यस वर्ष सवैभन्दा बढी अंग्रेजी विषयमा ५५ हजार १ सय १७ परीक्षार्थी सहभागी थिए । यसैगरी गणितमा ४६ हजार ६ सय २०, विज्ञानमा २७ हजार १ सय ४ जना विद्यार्थी सहभागी थिए ।

यस वर्ष सवैभन्दा बढी कैलालीबाट ३ हजार ९ सय ७६ जना सहभागी थिए भने मुस्ताङबाट १५ जना विद्यार्थी सहभागी थिए ।

September 23, 2010

चितवनमा ७१ डेङ्गुका बिरामी

भरतपुर । चितवनमा डेङ्गुका ७१ जना बिरामी फेला परेका छन् । उक्त रोगको आशङ्का गरिएका दुईसय ६५ जना बिरामीमा गरिएको परीक्षणपछि ती बिरामी फेला परेका जिल्ल्ाा जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका अनुसार चितवनमा ज्वरोका बिरामीको सङ्ख्या नघटेको तथा दैनिकरुपमा पाँचसय जनाभन्दा बढी ज्वरोका बिरामी विभिन्न अस्पतालमा उपचारार्थ जाने गरेका छन् ।
यसअघि नै जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरले चितवनमा एक महिनाभित्र उच्च ज्वरोका कारण १९ जना बिरामीको मृत्यु भइसकेको सार्वजनिक गरिसकेको छ ।

September 23, 2010

भनपाका एक्काईस कर्मचारीको बढुवा

भरतपुर नगरपालिका कार्यालयमा लामो समयदेखि कार्यरत २१ जना कर्मचारीहरुलाई बढुवा गरिएको छ । नगरपालिकाले स्थानीय स्वायत्त शासन नियमावली २०५६ चौथो संसोधन २०६६ को नियम २२५ ुखु अनुसार नौजनालाई सहायकस्तर पाँचौबाट अधिकृतस्तर छैटौंतहमा बढुवा गरेको हो । सहायकस्तर चौथोबाट ११ जना सहायकस्तर पाँचौमा बढुवा भएका छन् ।
बढुवा हुने अधिकृतहरुमा डम्बरराज थपलिया खगेश्वर अधिकारी कृष्णप्रसाद आचार्य लीलाराज खरेल विजयराज पौडेल मधुराम दुवाडी रामकृष्ण ढकाल ईश्वरकुमार राजभण्डारी र कृष्णबहादुर मल्ल रहेका छन् ।
यसैगरी सहायकस्तर पाँचौमा बढुवा हुनेहरुमा तुलसीप्रसाद श्रेष्ठ सुरजराज पौडेल जयन्ती आचार्य रोजी केसी प्रेमबहादुर केसी लालुराम सापकोटा दधिराम कँडेल सुरेन्द्रबहादुर रानाभाट विजयराज अधिकारी सीता अधिकारी रामबाबु अर्याल रहनुभएको छ ।
बढुवा भएका कर्मचारीहरुलाई बुधबारै एक कार्यक्रमका बीच बढुवा नियुक्तिपत्रसमेत वितरण
गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत रामजीप्रसाद बराल तथा प्रशासकीय अधिकृत टीकाराम कँडेलले बढुवासँगै जिम्मेवारी पनि बढेकाले नगरवासीको सेवामा अझै सर्मपित भएर काममा लाग्न निर्देशनसमेत दिनुभएको थियो ।

August 19, 2010

श्रेष्ठ परिवारद्वारा सामाजिक क्षेत्रमा करोडौं सहयोग

भरतपुर । भरतपुर नगरपालिका वडा नंं। २ निवासी विनोदकुमार श्रेष्ठका भाइ तथा परिवारले चितवन र तनहँूका विभिन्नक्षेत्रमा शिक्षा स्वास्थ्य र खानेपानीका लागि करोडौं रुपियाँ सहयोग गरेका छन् । बाबु चिजकुमार र आमा विष्णुकुमारीको स्मृतिमा श्रेष्ठ परिवारले सो आर्थिक सहयोग गरेका हुन् ।
read more »

August 19, 2010

ज्ञानेश्वरनजिक सुत्केरी गैंडा मृत फेला

मंगलपुर । पश्चिम चितवनको मंगलपुर गाविसको वडा नं। ५ स्थित धानखेतमा बुधबार बिहान सुत्केरी गैंडा मृत अवस्थामा भेटिएको छ । धानबाली जोगाउन थापिएको विद्युतीय धरापमा परी सो गैडा मरेको हो ।
ज्ञानेश्वर सामुदायिक वननजिकै रहेको सो धानबालीमा मंगलबार राति गंैडा मरेको वनका पूर्वअध्यक्ष सुरवीर पोख्रेलले बताउनुभयो । सो गैंडा करिब २० दिनको सुत्केरी भएको बताइएको छ ।
read more »

August 17, 2010

कुटपिट गरी हत्या

माडी । दक्षिण चितवनको माडीमा एक व्यक्तिको हत्या भएको छ । स्थानीयवासीको कुटपिटबाट अयोध्यापुरी- ६ बाह्रघरेका ५२ वर्षका कोइले भनिने सन्तबहादुर चेपाङको सोमबार बिहान मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
स्थानीय सोनबहादुर चेपाङले रक्सी खाएर कुटपिट गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिई छानविन थालिएको छ ।
त्यस्तै भरतपुर-१० स्थित चौबीसकोठीमा सोमबार बिहान एक युवकको प्रतीक्षालयमा बसेकै अवस्थामा मृत्यु भएको छ । भरतपुर वडा नं। ५ निवासी सुदीप नेपालीको बसिरहेकै अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । उनी टेम्पोचालक हुनसक्ने बताइएको छ ।

Follow

Get every new post delivered to your Inbox.